✅ Siddha Yoga: A Divine Gift for Humanity




Best Meditation Method in Nepali Language
----------------------------------------------------

ध्यानको स्टेप बाइ स्टेप बिधि:

सजिलो तरिकाले आरामदायक स्थितिमा बस्नुस् ।
सजिलो तरिकाले तपाँइ कहिं पनि कुनै पनि स्थितिमा बस्न सक्नु हुन्छ । पलेटि कसेर फर्शमा, कुसनमा, योग म्याटमा, कार्पेटमा वा जमीनमा कतै पनि बस्न सक्नु हुन्छ । यदि पलेटि कस्न सक्नुहुन्न भने कुर्सी वा सोफामा बस्न सक्नु हुन्छ । कोहि बिरामी वा बस्न नस्कने हुनु हुन्छ भने सुतेर पनि ध्यान गर्न सक्नु हुन्छ ।

शरीरलाई सजिलो स्थितिमा हलुका राखेर बस्नुस, शरीरलाई कडा वा तन्काएर नबस्नुहोला ।
शरीर धेरै तन्काएर बसेमा ध्यान(मन)शरीरको थाकेको भागमा जान्छ, आरामदायक स्थितिमा बसेमा मन शरीर तिर जाँदैन ।

ध्यानको अबधि:

आँखा बन्द गर्नुस र गुरुदेवसंग ध्यानको सहायताको लागि प्रार्थना गर्नुस ।
धेरै जसो साधक अलार्म नलगाएर लगभग 15 मिनेटमा ध्यानबाट बाहिर आँउछन् ।
यदि सुरुमा समयको अप्ठेरो लागेमा केहि दिन सम्म 15 मिनेटको लागि अलार्म लगाउन सक्नु हुन्छ । अलार्म मधुरो स्वरमा राख्नुहोला जसले की अलार्म बज्दा ध्यानबाट सजिलै बाहिर आउन सकियोस । दिमागलाई एक्कासि झट्का नलागोस ।

तेस्रो आँखा अर्थात आज्ञाचक्रमा ध्यान

* गुरुदेवको फोटोलाई केहि समय सम्म हेर्नुस की गुरुदेवको फोटो तपाँइलाई याद रहोस ।
* त्यस पछि आँखा बन्द गरेर मनै मनमा गुरुदेवसंग प्रार्थना गर्नुस
"हे गुरुदेव मलाई १५ मिनेट ध्यानमा सहायता गर्नुस"
आँखा बन्द गरेकै स्थितिमा गुरुदेवको चित्र दुबै आँखीभौंको मध्य(तेस्रो आँखा) मा सोंच्नुस ।
अर्थात तपाँइले गुरुदेवको चित्रलाई निधारमा कतै सोच्नु छ ।

उदाहरणको लागि तपाँइको आफ्नो कुनै साथि वा कुनै आफन्तलाई 
सम्झिनु भयो भने तुरुन्त त्यस ब्यक्तिको मुखाकृति तपाँइको मनमा आउँछ त्यो मुखाकृति निधारको कुनै भागमा आउँदछ् त्यस्तै प्रकारले गुरुदेवको चित्रलाई सम्झिनुस् ।

गुरुदेवको चित्रलाई राम्ररी सम्झिनुस् । आँखालाई जोड दिएर भित्र हेर्ने कोशिस नगर्नुहोला, आरामले आँखा बन्द
राख्दै गुरुदेवको चित्रलाई सम्झिदै गर्नुस ।

केहि दिनको प्रयास पछि गुरुदेवको फोटो याद राख्नमा कुनै समस्या हुने छैन ।

ध्यानको समयमा गुरुदेवको चित्र केहि समय पछि मनबाट ओझेल भए पनि आफ्नो ध्यान भंग नगर्नुहोला ।
आँखीभौंको मध्यमा केन्द्रित गर्ने प्रयास जारी राख्नुहोला ।

मन्त्र जप..

गुरुदेवको चित्रलाई सम्झिदै मनै मनमा 15 मिनेटको लागि गुरुदेवद्वारा दिइएको मन्त्रको जप गरिराख्नुस् ।

आवाज ननिकालेर मनै मनमा, जिब्रो र ओंठ नहल्लाएर मानसिक जप गर्नुस ।

मन्त्रको स्पष्ट र सहि उच्चारण मध्यम गतिले मनै मनमा गर्नुस । धेरै सुस्त मन्त्र जप गरेमा मन भौंतारिने सम्भावना हुन्छ भने तिब्र गतिले जप गरेमा शब्दको उच्चारण गलत हुन सक्छ ।

यसप्रकारले 15 मिनेट पछि तपाँइ स्वतः आफै ध्यानबाट बाहिर आउनु हुनेछ ।
+977 9841281273 (नेपाली भाषा)



 Top Yoga Alert: Siddha Yoga TV : Spiritual World


Worldwide

11 Jul 2019

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Featured Post

कुण्डलिनी शक्ति क्या है, इसकी साधना, इसका उद्देश्य क्या है : कुण्डलिनी-जागरण

कुण्डलिनी शक्ति क्या है, इसकी साधना, इसका उद्देश्य क्या है : कुण्डलिनी-जागरण कुण्डलिनी क्या है? इसकी शक्ति क्या है, इसकी साधना, इसका उद्...

Followers

Highlights

 
Top